राजनीति
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
बुधबार फाल्गुण २८, २०८१/ Wednesday 03-12-25

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् ।
बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा श्रेष्ठले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको बताएका हुन्। गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ ।
उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरीवाना गर्ने/नगर्ने लगायतका विषयमा कानुनी व्यवस्था भइसकेको बताए ।
तपाईको प्रतिक्रिया