बुधबार ६ चैत २०८१
समाज

सुन तस्करीमा जेल बसेर छुटेका लामा २५ करोडसहित पक्राउ

मंगलबार चैत ५, २०८१/ Tuesday 03-18-25

काठमाडौं । काठमाडौंको झोरबाट आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो।

आज बिहान काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी (ना ७ ख १६५२)  र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो।

पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका- १ का कुशाङ लामा रहेका छन्। उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए। प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाएको थियो। लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो।

प्रहरीले थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग पठाइने जनाएको छ।

तपाईको प्रतिक्रिया