शुक्रबार २९ चैत २०८१
बिजनेस

सांग्रिला बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य, विद्यार्थीलाई इन्टर्नसिपको अवसर

शुक्रबार चैत २२, २०८१/ Friday 04-04-25

काठमाडौं।  सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ। सहकार्य अनुसार, बैंकले कलेजका विद्यार्थीलाई इन्टर्नसिप र स्थलगत अवलोकन भ्रमणमा प्राथमिकता दिनेछ।

बैंकले आयोजना गर्ने कार्यक्रमहरूमा कलेजका विद्यार्थीको सक्रिय सहभागिता रहनेछ भने कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायतका कार्यक्रममा सांग्रिला बैंकले सहभागिता जनाउनेछ।

दुई वर्षका लागि लागू हुने यो सहकार्यले विद्यार्थीलाई व्यावसायिक अनुभव प्राप्त गराउने र दुबै संस्थाबीचको सम्बन्धलाई सुदृढ बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया