राजनीति
पूर्वराष्ट्रपति-उपराष्ट्रपति राजनीतिमा फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्छः माधव नेपाल
मंगलबार चैत २६, २०८१/ Tuesday 04-08-25

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपालले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिको सेवा सुविधाबारे सोच्नुपर्ने बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत बताएका हुन् ।
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाई छ । उनले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे ।
फरक प्रसङ्गमा उनले भारतले राजसंस्था पुनर्स्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया