शनिबार ३० चैत २०८१
समाज

काठमाडौं महानगर प्रहरी बलका प्रमुख पाण्डेलाई तत्काल निलम्बन गर्न माग

बिहीबार चैत २८, २०८१/ Thursday 04-10-25

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गर्दै महानगरका कर्मचारी तथा पेशागत संगठनले ज्ञापनपत्र बुझाएका छन्।

बिहीबार राजुनाथ पाण्डेलाई कारबाहीको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए।

उनीहरूले ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन्। पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग गरिएको छ ।

चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन शाहले कार्यकारीलाई कार्यालयमा छिर्न नदिनू भन्दै आदेश दिएको भनेर गुरागाईंलाई प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए। त्यसैले पाण्डेलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग उनीहरूले गरेका छन्। 

तपाईको प्रतिक्रिया