
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवाद ज्ञापन गरेका छन् ।
नेपालका राजावादीले व्यवस्थाविरुद्धको आन्दोलनमा आफ्नो फोटो बोकेको केही दिनमै आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालको गणतान्त्रिक व्यवस्थामा आफ्नो समर्थन रहेको र व्यवस्थाविरोधीप्रति कुनै समर्थन नरहेको बताएको दाबी गर्दै देउवाले उनलाई धन्यवाद दिएका हुन् ।
नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको देउवाको भनाइ छ ।
नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताए ।
तपाईको प्रतिक्रिया