समाज
सशस्त्र प्रहरीको झण्डासहित सगरमाथा चढ्दै पूर्व हवल्दार बोहरा
बिहीबार चैत २८, २०८१/ Thursday 04-10-25

काठमाडौँ । पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहरा सशस्त्र प्रहरी बल नेपालको झण्डा लिएर सगरमाथा आरोहणमा जाने भएका छन्।
सशस्त्र प्रहरी मुख्यालय हलचोकमा चैत्र २८ गते महानिरीक्षक राजु अर्यालले उनलाई संगठनको झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिएका हुन्।
सेवाबाट अलग भई हाल स्पेनमा बस्दै आएका बोहराले संगठनप्रतिको सम्मानका लागि झण्डासहित सगरमाथा चढ्न लागेका हुन्।
तपाईको प्रतिक्रिया