शनिबार ६ बैशाख २०८२
राजनीति

राप्रपा महामन्त्री धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी

शुक्रबार बैशाख ५, २०८२/ Friday 04-18-25

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो । 

क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो । 

गएको चैत १५ गते राजतन्त्र पुनस्र्थापना गर्ने भन्दै तीनकुनेमा आयोजना गरिएको प्रदर्शन अराजक बन्दा दुईजनाको ज्यान नै गएको थियो । पत्रकार सुरेश रजक र सविन महर्जनको ज्यान गएको थियो । सोही घटनाको अनुसन्धानका लागि प्रहरीले राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवालशमेशर जवरालाई सोही दिन पक्राउ गरेको थियो ।

गएको शुक्रबार प्रदर्शन अराजक बनाउने मुख्य नाइने विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई समेत प्रहरीले भारतबाट पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धा थालेको छ ।

तपाईको प्रतिक्रिया