शनिबार ६ बैशाख २०८२
राजनीति

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

बुधबार बैशाख ३, २०८२/ Wednesday 04-16-25

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन् । 

संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

तपाईको प्रतिक्रिया