यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं। आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ।
बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ विकेटको जित निकाल्दै नेपालले लगातार तेस्रो जित निकालेको हो। यसअघि नेपालले युएई र ओमानलाई पराजित गरेको थियो।
अब शनिबार अफगानिस्तानलाई पराजित गर्न सके नेपाल यू-१९ विश्वकप २०२६ को विश्वकपमा छनोट हुनेछ।
बुधबार हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १२.३ ओभरमै पूरा गर्यो।
नेपालको जितमा ओपनर साहिल पटेलले नटआउट ४२ रन बनाए। उनले ४१ बलमा ८ चौका हिर्काए। अर्का ओपनर निरजकुमार यादवले १२ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए। कप्तान नरेन भट्टले २३ बलमा ८ चौका प्रहार गर्दै नटआउट ३९ रन बनाए।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रनमा अलआउट भएको हो।
तपाईको प्रतिक्रिया