राजनीति
कांग्रेसले भन्यो- प्रचण्डले भन्दैमा सरकार ढल्ने र बन्ने हुँदैन
बिहीबार बैशाख ४, २०८२/ Thursday 04-17-25

काठमाडौं । नेपाली काँग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्दैमा सरकार नढल्ने स्पष्ट पारेको छ ।
आज बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले प्रचण्डले भन्दैमा सरकार ढल्ने र बन्ने नहुने बताएका हुन् । प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएको उनको भनाइ छ ।
उनले भने, ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् छ भन्नु स्वभाविक हो। उहाँले भनेको कुरामा हाम्रो टिप्पणी छैन। तर उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन।’
कांग्रेस र एमालेबीचको गठबन्धनमा समस्या भइरहेको अवस्थामा सभापति शेरबहादुर देउवाले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक राखेर छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया