राजनीति
वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
बिहीबार बैशाख ४, २०८२/ Thursday 04-17-25

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिहीबारको कार्यसम्पदान समितिको बैठकको निर्णय सुनाउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्रमा प्रदर्शन गरिने बताए ।
‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।
७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने अध्यक्ष लिङ्देनले बताए ।
पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमहरू सार्वजनिक गर्ने उनले जानकारी दिए ।
राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया