बुधबार १ जेठ २०८२
खेलकुद

क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा

बुधबार जेठ १, २०८२/ Wednesday 05-14-25

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्।

उनले नेपाली टोली आइसिसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन्। 

उनले यो कदम क्रिकेट र देशबाट अलग हुने कुरा नभएको पनि बताएका छन्। आज (बुधबार) क्यानले स्कटल्याण्डमा हुने आगामी सिरिजमा खेल्ने नेपाली टोलीलाई विदाइ गरेको केही समयपछि सन्दीपले यस्तो उद्घोष गरेका हुन् ।

लामिछानेले आफूलाई क्यानले निरन्तर सहयोग गरेको भन्दै धन्यवादसमेत व्यक्त गरेका छन् । 

तपाईको प्रतिक्रिया