राजनीति
रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश
बुधबार जेठ १, २०८२/ Wednesday 05-14-25

काठमाडौं । सर्वोच्च अदालतले रवीन्द्र मिश्र पक्राउका सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ ।
बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले मिश्रको पक्राउ र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चले मिश्रसहित उपस्थित गराउन भनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखिएको दाबी गरेर उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया