मंगलबार २० जेठ २०८२
समाज

प्रधानमन्त्री ओलीद्धारा मानवअधिकार आयोगको कार्यक्रम बहिस्कार

मंगलबार जेठ १३, २०८२/ Tuesday 05-27-25

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानव अधिकार आयोगको २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भएका छन् ।

आयोगले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएपछि २५औं (रजत) वार्षिकोत्सवमा अनुपस्थित भएका हुन् ।

कार्यक्रममा सरकारका मुख्य सचिव, सचिवहरूको उपस्थिति रहने गरी कार्यक्रम तय गरिएको थियो । सरकारका उच्च पदस्थ व्यक्ति कोही पनि उपस्थित भएनन्। आयोगले वर्षेनी प्रधानमन्त्रीकै उपस्थितिमा वार्षिकोत्सव मनाउने गरेको छ।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिसको फितलो कार्यान्वयन रहेको बताए। आयोगका सिफारिस कार्यान्वयन लागि सरकारलाई आग्रहसमेत गरे। उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लिखित भाषण पनि तयार गरेका थिए।

यता प्रधानमन्त्रीको सचिवालयले मानवअधिकार आयोगको कार्यक्रम बिहान चाँडै भएकोले जान नसकिएको जनाएको छ। प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले प्रधानमन्त्री राति अबेरसम्म व्यस्त रहेकाले बिहानको कार्यक्रममा सहभागी हुन नसकेको बताए। 

तपाईको प्रतिक्रिया