मंगलबार २० जेठ २०८२
समाज

मोरङको बेलबारीबाट चार बालिका बेपत्ता

आइतबार जेठ १८, २०८२/ Sunday 06-01-25

मोरङ । बेलबारी नगरपालिका–२, लालभित्तीबाट चार जना किशोरी एकैसाथ बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा सुन्दरहरैंचा–११ की जेनिसा नेपाली (१३) र सविता परियार (१५), तथा बेलबारी–२ की स्मृति कार्की डोली (१२) र अनुष्का कार्की डोली छन्।

उनीहरू जेठ १५ गते गणतन्त्र दिवसका दिन साथी भेट्न जान भन्दै घरबाट निस्किएको र त्यसयता सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बालिकाहरूको खोजी जारी छ।

 

तपाईको प्रतिक्रिया