
काठमाडौं । सवारी ऐन २०४९ विपरीत र संघीय कानुनसँग बाझिने गरी सातैवटा प्रदेश सरकारले ल्याउन लागेको नयाँ ऐनविरुद्ध यातायात व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्।
विशेषगरी गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई पनि भाडाका सवारीसरह सञ्चालन गर्न सक्ने व्यवस्था समेटिएको प्रस्तावित ऐन ल्याएपछि व्यवसायीहरू आक्रोशित बनेका हुन्।
हिजो काठमाडौं उपत्यकामा एक घण्टा चक्का जाम गरी आफ्नो असन्तुष्टि जनाएका उनीहरूले आज प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका छन्। व्यवसायीहरूका अनुसार संघीय कानुनअनुसार नभएको र सवारी ऐन २०४९ विपरीत यस्ता प्रादेशिक ऐनहरू ल्याइनु आपत्तिजनक छ।
उनीहरूले प्रदेश सरकारहरूलाई ऐन निर्माण गर्दा संघीय कानुनसँग मेल खाने गरी, व्यवसायीका हकअधिकार संरक्षण हुने खालको व्यवस्था गर्न आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया