समाज
प्राधिकरण प्रमुख शाक्यद्वारा पत्रकारलाई गोप्य ब्रेकफास्ट भेट
आइतबार जेठ १८, २०८२/ Sunday 06-01-25

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले शनिबार बिहान ललितपुरको हिमालयन होटेलमा १२ जना पत्रकारलाई गोप्य रूपमा ब्रेकफास्टमा बोलाए।
समाचार नलेख्ने सर्तमा आयोजित उक्त भेटघाटमा प्रवक्ता राजन ढकाल र शाक्यका सचिव नारायण अर्याल पनि सहभागी थिए। पत्रकारहरूलाई शुक्रबारै खबर गरेर शनिबार बिहान ८ बजे बोलाइएको थियो।
पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ र ऊर्जा मन्त्री दीपक खड्काबीचको विवादपछि पत्रकार पनि ध्रुवीकृत हुन थालेको प्रसंगमा शाक्यले अनौपचारिक छलफल गरेका थिए।
तपाईको प्रतिक्रिया