मंगलबार २० जेठ २०८२
बिजनेस

सहकारीबाट ९ खर्ब बढी कर्जा प्रवाह, अर्बौंको बचत अझै अलमलमा

आइतबार जेठ १८, २०८२/ Sunday 06-01-25

काठमाडौं । सहकारी क्षेत्रबाट ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको आर्थिक सर्वेक्षण २०८१/८२ ले देखाएको छ। कुल ११ खर्ब २५ अर्ब २८ करोड रुपैयाँ बचत परिचालन भएकामा अधिकांश रकम कर्जामा लगानी गरिएको छ।

सहकारीमा ९४ हजार २ जनाले रोजगारी पाउँदै आएकोमा हाल घटेर ९० हजार २ सय ६५ पुगेको छ। सहकारी संस्था संख्या १८ हजार ८९९ पुगेका छन्।

सर्वेक्षणअनुसार २२ समस्याग्रस्त सहकारीमध्ये ३ को मात्र हिसाब मिलेको छ। बाँकी १९ संस्थाको सम्पत्ति र दायित्व टुंगो लाग्न बाँकी छ। ६२ हजार ७१० दाबीकर्तामध्ये केवल ७ हजार १५५ जनाको बचत मात्र फिर्ता भएको छ।

बचतकर्ताको कुल दाबी ३९ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा हालसम्म १ अर्ब ६७ करोड मात्र फिर्ता भएको छ।

सहकारी नियमनका लागि स्थापना गरिएको राष्ट्रिय सहकारी नियमन प्राधिकरण अझै नेतृत्वविहीन छ, जसले समस्या समाधानमा ढिलाइ गरिरहेको छ। यतिबेला पूर्वगृहमन्त्री रवि लामिछानेसमेत बचत अपचलनको अनुसन्धानमा जेलमा छन् भने अन्य ठूला अपचलनकर्ता अझै पक्राउ बाहिर छन्।

तपाईको प्रतिक्रिया