
काठमाडौं। करीब दुई महिनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठकबारे बुधबार वार्ता भएको छ। गत पुस १० गतेयता कार्यपालिका बैठक नबसेको अवस्थामा आर्थिक वर्ष २०८२/८३ को बजेट तय गर्न दबाब बढिरहेका बेला छलफल गरिएको हो।
वार्तामा उपमेयरसँगै तीन वडाध्यक्षहरू सहभागी थिए। छलफलमा बैठक राख्ने सहमति भए पनि टुंगो लाग्न सकेको छैन। मेयरले सबैसँग मिलेर काम गर्न इच्छुक रहेको बताए पनि कार्यपालिका र नगरसभा कहिले बस्ने भन्ने विषय स्पष्ट छैन।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार महिनामा एकपटक बैठक बस्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि लामो समयदेखि बैठक नबसेका कारण नीति निर्माण र बजेट प्रक्रियामा अन्योल छाएको छ। जनप्रतिनिधिहरूले मेयरको चासो अभावले समस्या झन गहिरिएको गुनासो गरेका छन्।
तपाईको प्रतिक्रिया