राजनीति
अनेरास्ववियु महाधिवेशन: सुजन कडरिया अध्यक्षमा निर्वाचित
शुक्रबार जेठ ३०, २०८२/ Friday 06-13-25

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। अध्यक्षमा सुजन कडरिया ७ मतको अन्तरले निर्वाचित भए। उनले ७३२ मत प्राप्त गर्दा प्रतिस्पर्धी प्रकाश पौडेलले ७२४ मत ल्याए।
खुला उपाध्यक्षमा विकास श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, महासचिवमा दीपक धामी, र उप–महासचिवमा कमल निर्वाचित भए।
चार सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल विजयी भए। विभिन्न आयोगमा पनि नयाँ नेतृत्व चयन भएको छ। महाधिवेशन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा जेठ २५ देखि सुरु भएको थियो।
तपाईको प्रतिक्रिया