
काठमाडौं। तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने घटनामा संलग्न भनिएका ५० जना प्रतिवादीको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा मंगलबार सुरु भयो।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान सकिएपछि थुनछेक बहस अघि बढाइएको हो। मुख्य प्रतिवादी प्रसाईंमाथि राजद्रोह, ज्यानमार्ने उद्योग लगायत ५ अभियोगमा मुद्दा दायर गरिएको छ।
यहीसंगै, भाटभटेनी लुटपाट प्रकरणमा संलग्न ११ जनाको थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुँदैछ। उनीहरूलाई आपराधिक उपद्रवको अभियोगमा मुद्दा चलाइएको छ।
तपाईको प्रतिक्रिया