राजनीति
एमसीसीको बजेटमा भारी कटौती: नेपालले पाउने रकम अन्यौलमा
बिहीबार जेठ २९, २०८२/ Thursday 06-12-25

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले सन् २०२६ को बजेटमा भारी कटौती गर्ने संकेत दिएको छ। सन् २०२५ मा ९३ करोड डलर खर्च गर्ने योजना बनाएको एमसीसीले २०२६ मा २२ करोड ४० लाख डलर मात्रै खर्च गर्ने जनाएको छ।
नेपालसँग सन् २०७४ मा सम्झौता गरेको एमसीसीले हाल विद्युत् प्रसारण लाइन र सडक सुधारमा लगानी गरिरहेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा एमसीसीबाट ५ अर्ब ६८ करोड रुपैयाँ अनुदान प्राप्त हुने अपेक्षा गर्दै बजेटमा समेटेको छ।
तर समग्र बजेट कटौतीको संकेतले नेपालसहित अन्य लाभग्राही देशमा असर पर्न सक्ने देखिन्छ।
तपाईको प्रतिक्रिया