बिश्वो
एयर इन्डियाको विमान दुर्घटना, पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए
बिहीबार जेठ २९, २०८२/ Thursday 06-12-25

भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दुर्घटनामा परेको छ। विमानमा २४२ यात्रु सवार थिए, जसमा गुजरातका पूर्वमुख्यमन्त्री तथा भाजपा नेता विजय रुपाणी पनि थिए, भनी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
विमानले सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गरेलगत्तै दुर्घटनामा परेको हो। प्रारम्भिक आशंका अनुसार विमान विमानस्थलको बाउण्ड्री क्षेत्रमा रहेको संरचनासँग ठोक्किएको हुनसक्ने बताइएको छ।
घटनास्थलमा धुवाँको मुस्लो देखिएको र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। यात्रुहरूको अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी छ।
तपाईको प्रतिक्रिया