शनिबार १२ श्रावण २०८१
विचार

चिनिया र भारतीय नेता तथा कर्मचारी नेपाल आउनुको कारण निम्न आँकलन गरेको छु : डा. प्रेमसिंह बस्न्यात

शुक्रबार मङ्सिर २६, २०७७/ Friday 12-11-20

नेपाली सेना, राष्ट्रिय अनुसन्धान बिभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संबिधान मात्रा मान्ने? जागिर मात्र खाने हो भने मेरो भन्नु केही छैन। स्थाई सत्ताले राजनैतिक सत्तालाई कानुनी कुरामा नियन्त्रनमा लिनै पर्छ।

नोभेम्बर पहिलो साता सम्पन्न अमेरिकी राष्ट्रपतिय चुनाबको परिणाम राष्ट्रपति डोनाल्ड ट्रम्पको बिपक्षमा गइसकेको अवस्था छ। आउदो जनवरी २० तारिकमा नवनिर्बाचित राष्ट्रपति जो बाईडेन ह्वाईट हाउसमा प्रवेश गर्नेछन्। विश्वको ध्यान मोड्ने तथा अमेरिकी रानीति नै तरंङ्गीत हुने अमेरिकी राष्ट्रपतिय चुनावी माहोलले छिमेकी मुलुक भारतलाई प्रत्यक्ष असर गर्ने नै भयो। 

यतिबेलै भारत र चीनका राजनीतिज्ञ तथा उपल्लो तहका विभिन्न कर्मचारी एकपछि अर्को गर्दै नेपाल भ्रमणमा आउने-जाने गरीरहेका छन्। नेपाल-भारतबीचको सिमा विबादमा मुछिएका भारतीय प्रधानसेनापती मनोज मुकुन्द नरभाने पनि नेपालमा बिरोधकैबीच गत कार्तीक १९ गते नेपालको ३ दिने भ्रमणमा आइ राष्ट्रपति बिध्यादेबी भण्डारीबाट मानार्थ महारथीको सम्मान ग्रण गरीसकेका छन्। 

अमेरिकामा ट्रम्पको बहिर्गमन् अर्थात ट्रम्प सर्बसत्ताबाट बाहिरिदै गर्दा, ट्रम्प-परस्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध, यसै समकोणमा नेपालको आन्तरिक राजनैतिक तरलता र भारत-चीनका विशिष्ट ब्यक्तित्वहरुको नेपाल भ्रमणलाई लिएर डा. प्रेमसिंह बस्न्यातले गरेको विश्लेषणात्मक दृष्टिकोणलाई बुँदागतरुपमा प्रस्तुत गरेका छौं। 

चिनिया र भारतीय नेता तथा कर्मचारी नेपाल आउनुको कारण निम्न आँकलन गरेको छु: डा. बस्न्यात

१) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले 'भारतीय डोनाल्ड ट्रम्प' बनाइदिएपछी मोदिले आफ्नो हैसियत बिर्सिए। अहिले मोदीलाई आन्तरिक राजनीति समाल्न एकदम गाह्रो भएको छ। नारा- जुलुस र मोदी सरकारको बिरुद्धमा देश लागेको छ। 

२) भारतीय ट्रम्प र अमेरिकी ट्रम्पको बढ्दो महत्वकांक्षाले नत अमेरिकी नत भारतीय बिदेश निती सुध्रियो? बरु दुबै देशका दुस्मन नै नभनम तर अ-मित्र राष्ट्र धेरै जन्मिए। भारतको त कुनै छिमेकीसंग राम्रो मित्रता छैन भने पनि हुन्छ। 

३) सबै भन्दा अप्ठेरो मोदीलाई परेको छ। तत्कालिन समयमा रिटायर्ड हुन लागेका भारतीय आर्मी चिफ जनरल बिपिन रावत (भाजपा) लाई माया गर्ने हुनाले उनलाई चिफ अफ डिफेन्स स्टाफ पद दिएर मोदी, डोभल र बिपिन 'त्रि-शक्ती'  (नरेन्द्र मोदी, अजित डोभल र बिपिन रावत) ले देशको परराष्ट्र मामिला 'हाँसको चाल् न बकुल्लाको चाल्' भएको छ भने भारतीय सेना पाकिस्तानी सेना जस्तो महत्वकांक्षामा बढेको छ। त्यसैले बिपिन रावत, प्रधान सेनापती, र रक्षा मन्त्रीले मोदी भन्दा माथि बसेर जे पायो त्यही बोल्ने र छिम्मेकीसंग निहु खोज्ने गरिरहेका छन। यसले भाजपालाई राजनैतिकरुपमा खस्काउदो अवस्थामा पुर्याएको छ। बिपिन रावतलाई जंगी पोशाक दिएर भाजपाको राजनीति गराउनु भारतीय सेनाको लागि घाटा सिवाय केही हुने छैन। 

४) आन्तरिक र बाह्य राजनीति तथा कुटनितीमा अनुतिर्ण जस्तै भइरहेको मोदी, डोभल र बिपिन त्रि-शक्तीले अहिले आन्तरिक कलह, बिद्रोह, नारा, जुलुशलाई ओझेलमा पार्न र भारतको ध्यान अन्यत्र मोडी आफ्नो लाज जोगाउन भाजपाको त्रि-शक्तीले कि त चीन बिरुद्ध (२ प्रतिशत चान्सेज) कि त पाकिस्तान बिरुद्ध सैनिक कारबाही गर्ने तयारीमा रहेको होकी भन्ने आभास देखियको छ। यो काममा अमेरिकी ट्रम्पले साथ दिनेछन। जादा-जादै चीन बिरुद्ध भारतलाई प्रयोग गर्न सकेको भन्ने मेसेज अमेरिकीलाई दिने छन। यदी भारतले चीन माथि हमला गरेमा? तर पाकिस्तान बिरुद्ध केही गर्न सक्ने आँकलन गर्न सकिन्छ। चीन बिरुद्ध चान्स देखिन्न।  

५) यही भाजापाका त्रि-शक्तीहरुको महत्वकांक्षालाई लियर अहिले भारतीय सुरक्षा अङ्गका प्रमुखहरु, सचिब, मोदिका दुतहरुले नेपाली प्रधानमन्त्रीलाई एक्लै भेटी भारतले पाकिस्तानमाथि वा चीनसंग युद्ध लडेमा नेपालले  लिने पोजिसन, सहयोग र भारतीय गोरखाली सेनाको प्रयोग सन् १९५० को सन्धिले नेपालले भारतलाई दिनु पर्ने युद्धमा सहयोगको बारेमा केही कुरा भएको अड्कल गर्न सकिन्छ। त्यसैगरी चीनतर्फ बाट पनि अमेरिकी-भारतीय संयुक्त सैन्य कारबाही गर्ने प्रयास गरेमा नेपाली भुमी, नेपाली सेना र नेपालको तठस्थताको बारेमा केही भनेको हुनु पर्छ। तर चीनले भारतलाई शक्तीशाली दुस्मन मान्दैन। 

६) भारत-चिन-अमेरिकाले, नेपाली सेनालाई आँखा लगाइरहेका छन। तर सेना, सरकारको निती मान्ने भएकोले यो माथि संका गर्ने ठाउँ छैन। तर नेपाली प्रधानमन्त्रीलाई भारतीय दुतहरुले एक्ला-एक्लै भेट्नुको अर्थ खतराजनक छ। नेपाली प्रधानमन्त्रीको दम्भ बढ्नुको कारण पनि भारतीय टेको-पिडो हुन सक्छ। यदी युद्ध भइहालेमा केही बचन् दिएको हुनु पर्छ ओलीले, भारत र चीन दुबैलाई। नेपालको कुटनिती सत्यमा भन्दा झुटतर्फ उन्मुख छ। तसर्थ, ओलीले दुबैलाई मिठो बोलेर भोली पर्दा एउटालाई मात्र साथ दिन सक्छन।

७) अर्को कुरा परराष्ट्र मन्त्रालयले केही दिन अगाडि परराष्ट्र निती सार्वजनिक गर्नुमा पनि चीन र भारतको छिना-झप्टी थाम्न नसकेर हुन सक्छ।

८) यिनै ओली प्रधानमन्त्रिले हो, राष्ट्रिय सुरक्षा परिषदको सिफारिसबिना सेना परिचालन् गर्ने बिधेयक पास् गराउदै थिए। रक्षामन्त्रीले सो बिधेयक सांसदमा पेश गरेका थिए, उक्त बिधेयकको बिरोध गर्दा ओली र इश्वर पोखरेलको आदेशमा म माथि कारबाही भाको थियो। सो बिधेयक पास् भएको भए नेपाली सेनालाई कुनै पनि सरकारले आफ्ना 'अरिङ्गाल र बछ्यु' बनाउन सक्थ्यो, अनी जता पनि सेनाको प्रयोग हुन सक्थ्यो।

९) यो स्थितिमा भारतीय-अमेरिकी-चिनिया दुत-कर्मचारीसंग नेपालका प्रधानमन्त्रीले एक्ला-एक्लै भेट्नु र प्रतिपक्ष नेपाली कांग्रेसले समेत वास्ता नगर्नु नेपालको राष्ट्रिय सुरक्षामा खतरा बढीरहेको पक्कै हो। नेपाली सेना, राष्ट्रिय अनुसन्धान बिभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संबिधान मात्रा मान्ने? जागिर मात्र खाने हो भने मेरो भन्नु केही छैन। स्थाई सत्ताले राजनैतिक सत्तालाई कानुनी कुरामा नियन्त्रनमा लिनै पर्छ। आम नागरिक र संचारजगतलाई मेरो अपिल पनि यसै बाट गरेको छु। 

ईतिहास र राष्ट्रिय तथा अन्तराष्ट्रिय सुरक्षाका जानकार लेखक तथा विश्लेषक डा. बस्न्यात नेपाली सेनाका अवकास प्राप्त सहायक रथी हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया