शनिबार १२ श्रावण २०८१
बिजनेस

अनामनगरमा खुल्यो स्टार होटलको झझल्को दिलाउने 'नेभर माईन्ड रेष्टुरेण्ट'

बिहीबार पौष १६, २०७७/ Thursday 12-31-20

काठमाडौं। अनामनगरमा सुविधा सम्पन्न 'नेभर माईन्ड रेस्ट्रो' संचालनमा आएको छ। भाटभटेनी सुपरमार्केटको गेटबाट लगभग ५० मिटर भित्र बाँया साईडमा १ करोड रुपैयाँभन्दा बढीको लगानीमा ८ भिआईपी क्याबिन र एकै पटक १५० जना अटाउन सक्ने सुविधासम्पन्न रेष्टुरेन्ट बार संचालनमा आएको हो। 

अन्तर्राष्ट्रिय ट्रेडिङ र  रियल स्टेटमा लामो अनुभव भएका बाजुराका युवा व्यवसायी महेन्द्र शाहीले पर्यटन क्षेत्रमा प्रवेश गर्दै रेष्टुरेन्ट संचालनमा ल्याएका हुन्। आन्तरिक साजसज्जाको आधारमा यसले शहरका ठूला उद्योगको रेष्टुरेन्टलाई समेत ओझेलमा पारेको छ।

दुई तल्ले यो रेष्टुरेन्टभित्र मदिराका पारखीको लागी बेग्लै बार, पारिवारिक जमघटको लागी फ्यामिली क्याबिन र स–सानो समूहमा खानपिन गर्न आउने ग्राहकको लागी  बेग्लै टेबलको व्यवस्था गरिएको छ।  रेस्टुरेण्टमा एकै पटक १५० कार पार्किङ गर्न मिल्ने व्यवस्थासंगै भ्यालेट पार्किङ्गको पनि व्यवस्था छ। बारमा विश्व प्रशिद्ध स्कचहरु, ककटेल र मकटेलहरु उपलब्ध छन् । रेस्टुरेण्टको अर्को विशेषता  भनेको ओपन किचेन पनि हो । ओपन किचेन भएकाले रेष्टुरेण्ट प्रवेश गरेसंगै  आउने ग्राहकले किचनको सबै दृश्य प्रत्यक्ष अवलोकन  गर्न सक्नेछन् । 

स्टार होटलको फ्यामेली डिनर पार्टीको अनुभव कम पैसा तिरेर ए ग्रेडको रेष्टुरेण्टमा पनि  लिन सकिन्छ भन्ने उद्देश्यका साथ रेष्टुरेण्टमा लगानी गरेको संचालक महेन्द्र शाहीले  देश दैनिकसँग भने‍। अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी, अनुभवी र दक्ष मास्टर शेफ भएकाले रेष्टुरेन्टले सबै स्तरका ग्राहकको अपेक्षा पुरा गर्ने संचालको दाबी छ । 

दिनभरीको काम, थकान र शहरको कोलाहलबाट दिक्क भई साँझको समयमा शान्त स्थानमा थकान मेटाउन र कालिजका विभिन्न परिकार र हैदरावादी दम विरियानी जस्ता नयाँ र फरक स्वादको मज्जा लिन चाहानेहरुलाई लक्षित गर्दै  यो रेष्टुरेन्ट खुलेको हो।


    

तपाईको प्रतिक्रिया