आइतबार २३ भदौ २०८१
जीवनशैली

भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्ने

बिहीबार माघ ८, २०७७/ Thursday 01-21-21

काठमाडौं। भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ।भारतले बुधबार नेपाललाई १० लाख डोज बराबरको कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो।

अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ। विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन्।

उक्त सबै खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ।

तपाईको प्रतिक्रिया