आइतबार २३ बैशाख २०८१
राजनीति

बाजुराको त्रिवेणीमा हिटलर शैलीमा नगर सभा सम्पन्न: वडा अध्यक्षको विरोध, रातारात यसरी भयो सेटिङ

१३ करोड रुपैया अघिल्लो बर्षको उधारो रहेको भन्दै नगर प्रमुखले गरे एकलौटी निर्णय
आइतबार कार्तिक १४, २०७८/ Sunday 10-31-21

बाजुरा। असार १० गते भित्र स्थानीय तहले सभा राख्नु पर्ने कानुनले स्पष्ट पारेको छ । बाजुरा  जिल्लाको त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल आफै नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा जिल्ला सभापतीको उम्मेद्वार भएकाले उनी लामो समय जिल्ला, प्रदेश र केन्द्र सम्मै चुनाव प्रचारमै व्यस्त भए। चुनावी  जित र हारका हिसाबकिताब मिलाउँदैमा उनले समय खर्चे । रावलको चुनावी हिसाब किताब मिल्यो उनी नेपाली काँग्रेसका नव निर्वाचित जिल्ला सभापती भए। तर, यता पालिकाको हिसाब किताब र काम कार्वाही चै बिग्रियो। 

नगर प्रमुखको आफ्नै व्यस्तताका कारण समयमै नगर सभा सम्पन्न हुन नसक्दा ४ महिना देखि कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले तलब र बृद्ध बृद्धा असाहाय असक्त र बालबालिकाले पाउनु पर्ने भत्ता सुविधा  पाउन सकेका छैनन् । अघिल्लो आर्थिक वर्षमा सम्पन्न कामको भुत्तानी पनि पाउनु पर्नेले अझै पाएका  छैनन ।  असार ७ गते देखी स्थगित भएको नगर सभा संचालन गर्न पटक पटक माग गर्दा पनि आलटाल गरेका मेयर रावलले रातारात सम्बन्धित वडाका अध्यक्ष र कार्यापालिकाका सदस्यहरुलाई जानकारीनै नदिई एकलौटी शनिबार नगर सभा सम्पन्न गरेका छन् । ६ जना वडा अध्यक्ष र  कार्यपालिकाका सदस्यहरुलाई  जानकारीनै नदिई  नगर सभा सम्पन्न गरी बजेट पास गर्नुको मुख्य कारण  चाही चुनावी प्रचारमा आफुले खर्च गरेको रकम असुल्न मेयरले हिटलर शैलि अपनाएको वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम थापाले देश दैनिकलाई बताए। उनले भने- २०७८/०७९ को बजेट कार्यपालिकाको बैठकनै नगरी र विषयगत छलफलनै नगरी  नगर प्रमुखले प्रस्तुत र प्रस्ताव गरेको बजेटमा असहमती भएको र नगरपालिकामा चरम भ्रष्टचार भएको भन्दै कार्तिक १२ गते वडा अध्यक्ष र नगर सदस्यहरुले नगर प्रमुखलाई जानकारी गराएका थियौं। त्यसको वेवास्ता गर्दै विरोधमा उत्रिएका २७ जना मध्य केहीलाई आर्थिक प्रलोभन देखाई मेयरले छापामार शैलिमा रातारात सेटिङ गरि नगर अधिवेशन सम्पन्न गरेका छन् यसको हामी व्यापक विरोध गर्छौ। 

नगर सभामा त्रिबेणी नगर पालिका वडा न १ का वडा अध्यक्ष मनराज बुढा, वडा न २ का वडा अध्यक्ष प्रभुराज जोशी, वडा न ५ का वडा अध्यक्ष गम्भिर बुढा, वडा न ६ का वडा अध्यक्ष खड्क बहादुर बुढा, वडा न ७ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता प्रेम बहादुर थापा र वडा न ९ का वडा अध्यक्ष बिर बहादुर बिष्ट लगायतका नगरका अन्य सदस्यलाई अत्तोपत्तोनै  नदिई मेयरले आफुखुशी सभा सम्पन्न गरेको वडा २ का वडा अध्यक्ष प्रभुराज राज जोशीले बताए । 

अघिल्लो आर्थिक वर्षमा उक्त नगर पालिकामा १५ करोड रुपैँया बेरुजु आएको थियो । यसबारे स्पष्ट हिसाव किताव माग्दा आर्थिक प्रशासन फाँटका कर्मचारीहरु पनि आलटाल गर्ने गर्दछन् । संघ र प्रदेशबाट आएको १५ करोड रुपैँया बिनियोजन गर्नु पर्नेमा यसपटक १३ करोड रुपैया अघिल्लो बर्षको दायीत्व बुझाउनु पर्ने भन्दै जवर्जस्ति नगर सभामा बजेट पास गराउन खोजेपछी वडा अध्यक्षहरुले भ्रष्टचार भएको भन्दै विरोध गरेका थिए । 

  

 

 

 

 

तपाईको प्रतिक्रिया