आइतबार २३ बैशाख २०८१
ब्लग

मृत मानिसलाई ‘रिप’ किन नभन्ने ? यसो भन्छन् ‘धर्मगुरु’ रुपेश्वर गौर दास

सोमबार माघ २, २०७९/ Monday 01-16-23

आराम भन्ने हुँदैन, जहिले पनि क्रियाशिलता जनाउँदछ । वा शु-कर्म गर, राम्रो कर्म गर, निष्कामकर्ममा जाउ, जन्म-मृत्यु साश्वत सत्य हो, तर अर्को जन्ममा पनि हामीहरु राम्रो जीवन प्राप्त गरेर अगाडी बढ्नु पर्छ भन्ने मान्यता राख्दछौं । 

आजभोली फेसबुकमा मृत मानिसको शरिरलाई रेष्ट ईन् पिस (Rest In Peace), रिप लेखेको धेरै देखिन्छ । के हो त यो ‘रिप’ भनेको ? यसबारे थोरै जानकारी यहाँ प्रस्तुत गरिएको छ । 

धर्मगुरु रुपेश्वर गौर दासका अनुसार, आजभोली सामाजिक सञ्जालहरुमा मैले पनि देख्ने गरेको छु । मानिसहरु वित्छन् वा मान्छेको आत्माले शरिर छोड्छ अनि सामाजिक सञ्जालहरुमा उसको तस्विर राखेर सबैले रिप-रिप लेखिरहेका हुन्छन् । साथै त्यसको मकमेन्टहरुमा पनि आरआईपी (रिप) मात्रै लेखिरहेका हुन्छन्, उनि भन्छन् । 

त्यसैले अहिले यस्तो परिस्थिती आइसक्यो की मानिस मर्यो भने रिप लेख्नै पर्दछ । सबै भन्दा रिप भनेको के हो ? रिप भनेको रेष्ट ईन् पिस हो । आनन्दसँग सुत्नुहोस्, अर्थात मज्जासँग आराम गर्नुहोस् भन्ने अर्थ लाग्दछ । सबैभन्दा यो ट्रेन्ड कहाँबाट आएको हो ? धर्मगुरु रुपेश्वर भन्छन्, यो क्रिष्चियानिटीबाट आएको हो । 

रेष्ट ईन् पिस (रिप) भन्नुमा खासै खराबी त केही छैन । तर यसले के जनाउँछ भन्दा, जुन मरिसकेको मानिसको शरिर कफिनमा राखेर जब गाडिन्छ त्यसमा तिमी आनन्दसँग सुत, तिम्रो मृत शरिरलाई आराम गराउ, भुतप्रेत बनेर नआउ है, भनेर रिप वा रेष्ट ईन् पिस भन्ने गरिएको हो । 

तर हाम्रो बैदिक सनातन मान्यताबाट हेर्ने हो भने हामी पुनर्रजन्ममा विश्वास गर्दछौं । अर्को कुरा हाम्रो शरिर नासवान छ । मरिसकेपछि हाम्रो शरिरको कुनै काम छैन, यो सब एकैछिनको रमझम मात्र हो । यो काम नलाग्ने शरिरलाई हामी जलाउँछौ । तर आत्मा वा (शुक्ष्म शरिर) त्यो बाँचिरहन्छ । त्यो आत्माले अर्को शरिर लिन्छ अथवा अन्य कुनै योनिमा जान्छ । कहिले मान्छे बन्छ भने अरु कुनै जिवात्मा पनि बन्न सक्छ उनि भन्छन् । 

त्यसैले हिन्दू धर्मअनुसार वा बैदिक सनातन धर्मअनुसार रेष्ट ईन् पिस (रिप) भनिनु एकदमै गलत मानिन्छ । हाम्रो मान्यतामा कहिले पनि आराम भन्ने हुँदैन, जहिले पनि क्रियाशिलता जनाउँदछ । वा शु-कर्म गर, राम्रो कर्म गर, निष्कामकर्ममा जाउ, जन्म-मृत्यु साश्वत सत्य हो, तर अर्को जन्ममा पनि हामीहरु राम्रो जीवन प्राप्त गरेर अगाडी बढ्नु पर्छ भन्ने मान्यता राख्दछौं । 

तसर्थ रेष्ट ईन् पिस (रिप) भनिनु गलत हो । अँझै स्पष्ट भन्ने हो भने तिमी काम नलाग्ने भइसकेका छौ, कफिमा आरामसँग सुत, जनम-जनम भर आराम गर भनेर जमिनमा गाडिएको हो । तिम्रो जीवन छैन, भएपनि जमिनमा गाडिएको जस्तो हुन्छ, त्यसैले तिमी कहिले नजन्म भनिएको हो । हाम्रो बैदिक सनातन धर्मअनुसार हाम्रो आत्मा कहिले नमर्ने भएकाले हामीलाई रिप लेख्नु गलत छ । 

हामी अजम्बरी आत्मा हौं, आत्मा कहिले पनि मर्दैन । र आत्मालाई फेरी अर्को शरिर पुनः वा पटक-पटक अन्तिमा जुन शरिर प्राप्त गर्दछौं त्यसमा पनि हामी क्रियाशिल रहने भएकोले हामीलाई रेष्ट ईन् पिस (रिप) भनिनु गलत अर्थ लाग्दछ, धार्मगुरु रुपेश्वर गौर दास भन्छन् । 

सनातन मूल्य र मान्यतामा जीवनपछि पनि जीवन छ भनिन्छ । त्यसैले रेष्ट ईन् पिस (रिप) लेख्नु अगाडी राम्रोसँग सोच्नुहोला, के तपाइँ कसैलाई वा तपाइँका आफ्ना प्रियजनहरुलाई सधैंको लागि मरोस् भन्ने चहानुहुन्छ वा उसले अर्को राम्रो जीवन पाओस् भन्ने ? यदि उसको अर्को राम्रो र सुखद जीवन पाओस् भन्ने चहानुहुन्छ भने रेष्ट ईन् पिस (रिप) नलेखि हरे कृष्ण, लेख्न सक्नुहुन्छ । अथवा ॐ नमः शिवाय लेख्न सकिन्छ ।

अँझै हामीले कृष्ण मति रस्तुः अथवा कृष्णको जस्तै मति प्राप्त गरोस्, उसको मतिमा भगवान नै भगवान होस् र सत्-सत् चिज होस् भन्ने हुन्छ । वा ॐ मात्रै पनि लेख्न सक्नुहुन्छ ॐले उसलाई आगामी जन्म पनि अत्यन्तै राम्रो र सुखदायी होस् भन्ने मान्यता भएकाले बैदिक सनातनि मूल्य मान्यता राख्नेले कहिले पनि रेष्ट ईन् पिस (रिप) नभन्नुहोला, धार्मगुरु रुपेश्वर गौर दास भन्छन् । 

तपाईको प्रतिक्रिया