शुक्रबार २६ बैशाख २०८२
राजनीति

नीति तथा कार्यक्रम : सांसदले धारणा राख्ने क्रम आज सकिँदै

शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाडौं : नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार सकिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा जारी छलफल शुक्रबार सकिने भएको छ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ, जसमा बाँकी सांसदहरूले आफ्नो धारणा राख्नेछन्। संसद सचिवालयका अनुसार छलफलका लागि तोकिएको १८ घण्टामध्ये अब तीन घण्टा मात्र बाँकी रहेकाले शुक्रबार नै छलफल टुंगिनेछ।

सचिवालयका प्रवक्ता एकराम गिरिले औसतमा १५ देखि २० घण्टासम्म छलफल हुने परम्परा रहेको भन्दै यसपटक पनि सोहीअनुसार समय निर्धारण गरिएको जानकारी दिए। राष्ट्रिय सभामा भने छलफल २२ र २३ गते दुई दिन भएको थियो।

नीति तथा कार्यक्रममाथिको छलफलपछि दुवै सदनमा यही जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ। सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रिया पूरा हुनेछ। त्यसपछि संसदमा प्रि–बजेट छलफल सुरु हुनेछ।

संविधानअनुसार नीति तथा कार्यक्रमको आधारमा सरकारले आगामी जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ। शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको विवरण सुनाउने कार्यसूची पनि रहेको छ।

 

तपाईको प्रतिक्रिया