शुक्रबार २६ बैशाख २०८२
खेलकुद

टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै

शुक्रबार बैशाख २६, २०८२/ Friday 05-09-25

काठमाण्डौ । नेपाली महिला क्रिकेट टोलीले आज महिला टी-२० विश्वकप २०२६ को छनोट स्वरुप हुने एशिया छनोटको प्रतियोगिता खेल्दैछ ।

थाइल्यान्डमा हुने एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन् ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेले पश्चात समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउँने छ ।

छनोटको पहिलो खेलमा नेपालले आज थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान पौने ९ बजे हङकङसँग खेल्दैछ ।

टी-२० प्रतियोगिताको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई दुई खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने बर्षाका कारण रद्द भएको थियो ।

तपाईको प्रतिक्रिया