आइतबार २३ बैशाख २०८१
बिजनेस

स्टार्टअप व्यवसायीलाई सरकारले कर्जा दिने

बिहीबार चैत १६, २०७९/ Thursday 03-30-23

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ । मन्त्रालयको उद्योग विभागले बिहीबार एक सूचना जारी गर्दै मापदण्ड पूरा गरेका स्टार्टअप उद्यमीसँग कर्जाका लागि परियोजना प्रस्ताव मागेको हो ।

तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका कर्जा लिन योग्य स्टार्टअप उद्यमीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ ।

कर्जाका लागि सूचना प्रकाशित हुनुपूर्व नै दर्ता भई सञ्चालनमा रहेका र सञ्चालन भएको सात वर्ष ननाघेका स्टार्टअप व्यवसायीले आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया