बिजनेस
भोजपुर उडेको नेपाल एरलाइन्सको जहाजमा समस्या, काठमाडौं फर्काइयो
बिहीबार बैशाख २८, २०८०/ Thursday 05-11-23

काठमाडौं । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ।ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौलाले बताए।
आज बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो।
१६ जना यात्रु लिएर उडेको 9N-ABT कल साइनको जहाजको चेकजाँचपछि फेरि भोजपुर पठाइने छ।
तपाईको प्रतिक्रिया