बिहीबार ८ कार्तिक २०८१
ग्यालरी

ह्वात्तै बढ्यो विद्युतीय गाडीकाे आयात, १० महिनामा भित्रियो २ हजार ९५५ वटा सवारी

सोमबार जेठ ८, २०८०/ Monday 05-22-23

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिनामा २ हजार ९५५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।

चालू आर्थिक वर्षको १० महिनामा ८ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ ।

गत आवको समीक्षा अवधिमा १ हजार ५५१ वटा विद्युतीय गाडी आयात भएको थियो । गत आवको सो अवधिमा ४ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।

गत आवको १० महिनामा १ हजार ५५१ वटा विद्युतीय गाडी आयात भएको थियो । सो अवधिमा ४ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको थियो ।

नेपालमा भारत, चीन र अमेरिकालगायतका देशबाट विद्युतीय गाडी आयात भइरहेको छ ।

कुन देशबाट कति आयात भयो ?

१० महिनामा सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको तथ्यांकले देखाउँछ । भारतबाट १ हजार ९६८ वटा विद्युतीय गाडी आयात भएको छ । जसको मूल्य ५ अर्ब ३२ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

चीनबाट २ अर्ब १ करोड ३१ लाख रुपैयाँ बराबरको ७१० वटा गाडी आयात भएको छ । कोरियाबाट १ अर्ब ४ करोड ६१ लाख रुपैयाँको २७० गाडी आयात हुँदा अमेरिकाबाट २ करोड २७ लाख रुपैयाँ बराबरको ४ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । त्यस्तै इन्डोनेशियाबाट ६४ लाखको ३ वटा विद्युतीय सवारी आयात भएको छ ।

पछिल्लो समय पेट्रोलियमको सट्टा विद्युतीय गाडी प्रयोग गर्नेहरु बढ्दै गइरहेका छन् । पेट्रोलको गाडीभन्दा विद्युत सस्तो भएरकाले पनि विद्युतीय गाडी किन्नेहरुको संख्या बढेको देखिन्छ ।

तपाईको प्रतिक्रिया