आइतबार २३ बैशाख २०८१
बिजनेस

‘एमसीसी कार्यान्वयन अगस्टदेखि’

मंगलबार असार २६, २०८०/ Tuesday 07-11-23

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आगामी अगस्टबाट कार्यान्वयनमा जाने बताएका छन्।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले यस्तो बताएका हुन्।

नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच पाँच वर्ष अगाडि कम्प्याक्ट कार्यक्रममा सम्झौता भएको थियो। तर, लामो विवादपछि २०७८ फागुनमा मात्र यो सम्झौता नेपालको संसद्ले अनुमोदन गरेको थियो। नेपालले यो सहायता कार्यक्रमअन्तर्गत पाँच वर्षमा खर्च गर्ने गरी ५० करोड अमेरिकी डलर करिब ६० अर्ब रुपैयाँ अनुदान सहयोग पाउनेछ।

मन्त्री साउदले समितिमा दुवै छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने पनि बताएका छन्। एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो। 

तपाईको प्रतिक्रिया