आइतबार २३ बैशाख २०८१
बिजनेस

टुसाल मल्टि भेन्युले ल्यायो ‘फेस्टिभल अफर’, जिम र कार्डियोमा विशेष छुट

आइतबार भदौ २४, २०८०/ Sunday 09-10-23

काठमाडौं। टुसाल मल्टि भेन्युले दसैं, तिहार तथा छठलगायतका चाडपर्वको अवसर पारेर  फेस्टिभलअफर सार्वजनिक गरेको छ । काठमाडौंको तार्केश्वर नगरपालिका ०८ मा अवस्थित टुसाल मल्टिभेन्युले भाद्र देखिनै लागु हुने गरी विशेष छुट सहितको फेस्टिभल अफर घोषणा गरेको हो ।

ठाउँ एक सुविधा अनेक दिने उद्येश्यले संचालित मल्टिभेन्युमा जिम र कार्डियोमा अहिले सम्मकै सबैभन्दा बढी छुट सुविधा सहितको अफर प्याकेज सुरु गरेको छ। यस अघि पुरुषहरुका लागि मासिक ५ हजार रहेको जिम र कार्डियोको प्याकेज फेस्टिभल अफरमा  महिनाको जम्मा ३ हजारमा उपलब्ध हुनेछ । त्यस्तै गरी महिलाहरुका लागि मासिक ३ हजार रहेको जिम कार्डियोको प्याकेज 'फेस्टिभल अफर'मा जम्मा २ हजारमा उपलब्ध हुने भएको छ। 

एउटै छातामुनी रेष्टुरेन्ट, बेङ्क्वेट, पौडी पोखरी, व्यायामशाला, वेलनेस, सोना स्टिम, ज्याकोजी जस्ता सेवा समावेश गरी  सञ्चालनमा ल्याइएको मल्टिभेन्युमा धेरै भन्दा धेरै ग्राहकहरु लाभाम्वित हुन सकुन भन्ने  उद्येश्यले फेस्टिभल अफरको घोषणा गरिएको मल्टिभेन्युका महाप्रबन्धक  प्रबिन मानसिंह बस्नेतले बताए । फेस्टिभल अफरमा जिम कार्डियोको रेगुलर प्याकेजमा पुरुषले ४० प्रतिशत र महिलाहरुले ३० प्रतिशत छुट सुविधा पाउनुका साथै वार्षिक ग्राहक बन्नेहरुका लागि रेष्टुरेन्ट, पौडी, साउना, स्टिम, ज्याकोजी जस्ता वेलनेस प्याकेजमा थप सुविधाको पनि मज्जा लिन सक्नेछन् । फेस्टिभल अफर भाद्र देखि मंसिर सम्म मात्र लागु हुनेछ। 

शान्त वातावरण, सफा, चुस्त सेवा प्रवाह र एउटै स्थानमा विभिन्न सुविधा पाउन सकिने भएकाले 'टुसाल मल्टिभेन्यु' विवाह, ब्रतबन्ध जस्ता धार्मिक तथा सामाजिक कार्य गर्ने, भेला तथा बैठक गर्ने, रेष्टुरेन्टमा खानपिन गर्ने, स्वास्थ्यका लागि व्यायाम गर्नेहरुको पहिलो रोजाई बन्दै गएको छ। 

टुसाल हेल्थ क्लबले व्यवसाय गर्ने मात्र नभई समय समयमा विभिन्न कर्पोरेट कार्यक्रमको आयोजना गर्ने र कर्पोरेट कार्यक्रममा पनि सक्रिय सहभागिता  जनाउँदै आएको छ । यस अघि भएको कर्पोरेट टि१०  क्रिकेट प्रतियोगितामा टुसाल मल्टिभेन्युको टिमले उत्कृष्ट प्रर्दशन गर्दै फेयर प्ले अवार्ड जित्न सफल भएको  थियो। 

तपाईको प्रतिक्रिया