शनिबार १२ श्रावण २०८१
शिक्षा

काठमाडौं प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता भएको छ

बुधबार भदौ २७, २०८०/ Wednesday 09-13-23

काठमाडौं । प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता भएको छ।

लामो समयदेखि रोकिएर बसेको विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले दर्ता गरेका हुन्।

साउन १६ गते नै मन्त्रिपरिषद् बैठक शिक्षा विधेयक संसदमा पेश गर्नु स्वीकृत दिएपछि आज शिक्षामन्त्री राईले विधेयक दर्ता गराएका हुन्।

विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था गराएको छ। विद्यालयको प्रधानाध्यापकको छनोट सम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संरचनामा शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र शैक्षिक गुणस्तर परीक्षण केन्द्र र प्रत्येक जिल्लामा शिक्षा कार्यालय रहने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया