आइतबार २८ बैशाख २०८२
समाज

शिक्षक आन्दोलनले अघि सारेका माग सम्बोधन गरिनुपर्छ: महामन्त्री शर्मा

बुधबार असोज ३, २०८०/ Wednesday 09-20-23

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् । महामन्त्री शर्माले बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎन मार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताएका हुन् । 

उनले संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील समेत गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन् : ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ ।  बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎनमार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ ! हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’

शर्माले प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने र गराउने कर्तव्य राज्यको भएको बताउँदै  प्रत्येक विद्यार्थीको शैक्षिक भविस्यमा नकारात्मक असर पर्न नदिने प्रधान दायित्व भने शिक्षकको भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया