आइतबार २८ बैशाख २०८२
शिक्षा

सरकारले थप समय मागेपछि सर्‍यो शिक्षकहरूसँगको वार्ता

शुक्रबार असोज ५, २०८०/ Friday 09-22-23

काठमाडौं । सरकारले आन्तरिक छलफलका लागि थप समय मागेपछि आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सरेको छ ।

आज बिहान वार्तामा बस्ने हिजो सहमति भए पनि सरकारी अधिकारीहरू आन्तरिक छलफलमा जुटेपछि बैठक सरेको हो ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले सरकारले समय मागेपछि आफूहरुपनि आन्तरिक छलफल गर्ने बताए।

वार्ताकाे समय तय भएको छैन । तर साढे ११ बजेसम्म सुरु हुनसक्ने सुवेदीले बताए ।

आजै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, गृह, कानून, शिक्षा र सञ्चारमन्त्रीले आन्तरिक छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया