आइतबार २८ बैशाख २०८२
समाज

सिंहदरबार अगाडि शिक्षा विधेयकविरुद्ध प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ

शुक्रबार असोज ५, २०८०/ Friday 09-22-23

काठमाडौँ । महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ गरेका छन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना पक्राउ गरेका छन् । 

शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।

तपाईको प्रतिक्रिया