आइतबार २३ बैशाख २०८१
बिजनेस

टुसाल हेल्थ क्लबको नयाँ अफर, १ लाखको फिटनेश प्याकेज ६० हजारमा पाईने

आइतबार असोज ७, २०८०/ Sunday 09-24-23

काठमाडौं। टुसाल हेल्थ क्लबले दशैं,तिहार र छठ पर्वको अवसर पारेर नयाँ फेस्टिभ अफर सार्वजनिक गरेको छ। यस अघि वार्षिक एक लाखमा उपलब्ध हुँदै आएको जिम,कार्डियो, साउना,स्टिम र स्विमङको पूर्ण प्याकेज वार्षिक ग्राहक बन्न चाहानेहरुका लागि जम्मा ६० हजारमा उपलब्ध हुने भएको छ।

वार्षिक ग्राहक बन्नेहरुले उल्लेखित रकम अग्रिम भुक्तानी गरेमा टुसाल हेल्थ क्लबका सम्पूर्ण सुविधा अनलिमिटेड प्रयोग गर्न पाउनेछन् भने टुसाल मल्टिभेन्युको क्याफे,रेष्टुरेण्ट र वारमा १५ प्रतिशत विशेषाधिकार छुट पनि प्राप्त गर्न सक्नेछन्।

 स्वच्छ शरीरबाट नै मस्तिष्कमा स्वच्छ उर्जा उत्पन्न हुने भएकाले  नियमित शारीरिक एवं मानसिक तन्दुरुस्तीका लागि टुसाल हेल्थ क्लबबाट धेरै भन्दा धेरै ग्राहकहरुले फाईदा लिन सकुन् भन्ने उद्देश्यले कम्पनिले विशेष अफर घोषणा गरेको संचालक पुष्कर जंग थापाले बताए। 

यस्तै जिम र कार्डियोका मासिक ग्राहकहरुले पनि फेस्टिभ अफर अन्तर्गत विशेष छुट पाउने भएका छन्।  यस अघि पुरुषहरुका लागि  मासिक ५ हजार रहेको जिम र कार्डियोको प्याकेज  प्रति महिना जम्मा ३ हजारमा उपलब्ध हुनेछ भने  महिलाहरुले  सोही प्याकेज मासिक दुई हजारमै प्राप्त गर्न सक्नेछन्। यस अघि उक्त प्याकेज महिलाहरुका लागि तिन हजारमा उपलब्ध हुँदै आएको थियो।  

टुसाल मल्टिभेन्युका महाप्रबन्धक  प्रबिन मानसिंह बस्नेतका अनुसार फेस्टिभ अफर  मंसिर मसान्त सम्म मात्र लागु हुनेछ।   शान्त वातावरण, सफा, चुस्त सेवा प्रवाह र एउटै स्थानमा विभिन्न सुविधा पाउन सकिने भएकाले तार्केश्वर नगरपालिका ८ मा अवस्थित ुटुसाल मल्टिभेन्युु विवाह, ब्रतबन्ध जस्ता धार्मिक तथा सामाजिक कार्य गर्ने, भेला तथा बैठक गर्ने, रेष्टुरेन्टमा खानपिन गर्ने, शारीरिक र मानसिक तन्दुरुस्तीका लागि व्यायाम गर्नेहरुको पहिलो रोजाई बन्दै गएको छ।  


 

तपाईको प्रतिक्रिया