शनिबार १२ श्रावण २०८१
बिजनेस

नेप्से ३३ अंकले घट्यो, पाँच कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट

आइतबार असोज १४, २०८०/ Sunday 10-01-23

काठमाडौं । गत साताको अन्तिम कारोबारका दिन १८ अंकले घटेर बन्द भएको शेयर बजार आज दोहोरो अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक ३३.२० अंकले घटेर १९७१.१० बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ६७ लाख २३ हजार ४ सय कित्ता शेयरको खरिद बिक्री भई १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँको कारोबार भएको हो ।

आज एकैदिन ५ कम्पनीको सेयरमुल्यमा नकारात्मक सकिर्ट लागेको छ । जसमा सनराइज फस्ट म्युचुअल फण्ड, अप्पर हिवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, एसीयन हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरीङ हाइड्रोपावर लिमिटेड र सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । भने, सयपत्री हाइड्रोपावर लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ ।

त्यसैगरी, उपसमूहतर्फ रहने १३ वटै समूहको सेयरमुल्य घटेको छ ।

तपाईको प्रतिक्रिया