बुधबार २ माघ २०८१
मनोरन्जन

सुदुर पश्चिमको देउडा गीत ‘सुदुरे बाज’ को छायांकन अमेरिकामा सम्पन्न

बिहीबार असोज १८, २०८०/ Thursday 10-05-23

मेरिल्याण्ड । अमेरिकाको रमणीय ऐतिहासिक शहर वासिङ्गटन डिसी वरपर  गायक रोहित ढुंगाना र पशुपति खनालको स्वर रहेको देउडा मेलोडी 'सुदुरे बाज' बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । 

नेपाल जन्मथलो भएर हाल अमेरिकालाई कर्मथलो बनाइरहेका सुदुरपश्चिमका युवा मिलेर त्यहाँको लोकभाका पहिचान र संस्कृतीलाई विश्वमाझ झल्काउने लक्ष्यका साथ निर्माण गरिएको उक्त देउडा गितको निर्देशन शिब बिकले गरेको हुन् भने गीतमा पवन गौतमको छायांकन रहेको छ। रोहित ढुंगानाको शब्द रचना रहेको यस गीतका ऐरेन्जर केशब बढु हुन्। भिडियोको प्रोडक्सन टिममा निक्सोन क्षेत्री, भुपेशजंग शाही, नरेन्द्र बुढा, विष्णु थापा र केदार विक्रम शाही रहेका छन्। 

डिसीका तालतलैया देखि विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस गीतमा सुदुर पश्चिम प्रदेश बाजुरा घर भई हाल मेरिल्याण्ड बाल्टिमोरका स्थाई वासिन्दा केदार विक्रम शाहीले अभिनय गरेका छन्। उनको जोडीका रुपमा सुजना क्षेत्री  देखिएकी छिन्।

म्यूजिक भिडियोमा टेक्सासमा अध्यनरत विष्णु थापाको पनि अभिनय रहेको छ। उनि म्यूजिक भिडियोकै लागि डिसी आएका हुन्। थापाको जोडीका रुपमा ईशिका खत्रिले अभिनय गरेकि छन्।देश दैनिक डट कमसंग कुरा गर्दै मोडल तथा निर्माता केदार विक्रम शाहीले भने, सुदुरपश्चिमको मौलिक भाषा र संस्कृतीलाई  जोगेर्णा गर्न र विश्व स्तरमा देउडाको मौलिकतालाई चिनाउन भिडियो निर्माण गरेको हौ, सम्पूर्ण टिमले राम्रै मिहेनत गरेकाले 'सुदुरे बाज'ले सबैको मन जित्नेमा हामी विश्वस्त छौ। 

गीत दशैको अवसर पारेर सार्वजनिक गरिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया