खेलकुद
केपी ओली कप टी-२० क्रिकेट: मधेसका कप्तान हरिशंकर शाह बने सर्वोकृष्ट खेलाडी
शुक्रबार मङ्सिर १५, २०८०/ Friday 12-01-23

काठमाडौ । मधेस प्रदेशका कप्तान हरिशंकर शाह केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
विजेता मधेसका कप्तान शाहले सर्वोत्कृष्ट खेलाडीको उपाधिसँगै नगद ३५ हजार हात पारेका हुन् ।
वेष्ट ब्याटर बागमती प्रदेशका रित गौतम र वेष्ट बलर बागमतीकै कप्तान सन्दीप लामिछाने घोषित भए । गौतमले प्रतियोगिताभर १७० रन र लामिछानेले १० विकेट लिए । गौतम र लामिछानेले २०-२० हजार प्राप्त गरे ।
फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले केपी ओली कप क्रिकेटको उपाधि जितेको छ ।
तपाईको प्रतिक्रिया