![](https://deshdainik.com/uploads/news/images/IMG_1226.2024-01-04-07-48-38.jpeg)
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् । नेपाल-भारत आयोगको सातौं बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन् । उनी आज र भोलि नेपालमा रहनेछन् ।
जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसहित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ ।
आयोगको सातौँ बैठक काठमाडौंमा बस्नेछ । बैठकमा नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ ।
बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमति पत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले बिहीबार हस्ताक्षर गर्नेछन् ।
बैठकमा नागरिक उड्डयन क्षेत्रका ६ विषयमा छलफल हुने गरी प्रस्ताव तयार गरिएको छ ।
तपाईको प्रतिक्रिया