बिहीबार १ कार्तिक २०८१
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

मंगलबार माघ २, २०८०/ Tuesday 01-16-24

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा कोशीलाई पुलिसले सात विकेटले हराएको हो ।

कोशीले दिएको १६७ रनको सामान्य लक्ष्य पुलिसले २३.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि ओपनर अर्जुन साउदले अविजित रहँदै ६२ रनको अर्धशतकीय पारी खेले । ६३ बलको सामना गरेका उनले ३ छक्का र २ चौका हिर्काए ।

त्यस्तै दीपेन्द्रसिंह ऐरी ३८ रनमा अविजित रहँदा दिलिप नाथले ३१, सुनिल धमलाले १६ र कुशल भूर्तेलले १२ रन थपे ।

यो पुलिसको लगातार दोस्रो जित हो भने कोशीले लगातार तेस्रो हार भोगेको छ । यसअघि पहिला ब्याटिङ गरेको कोशीले सुजन थपलियाको शानदार शतकमा १६७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

तपाईको प्रतिक्रिया