बिहीबार १ कार्तिक २०८१
राजनीति

रास्वपा अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24

काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टीको अनुशान आयोगको उपप्रमुखबाट अधिवक्ता यज्ञमणि न्यौपानेले राजीनामा दिएका छन् ।

उनले गत महिनानै राजीनामा बुझाएको र हालै उनको राजीनामा स्वीकृत गरिएको रास्वपाले जनाएको छ । न्यौपाने करिब २ वर्षदेखि रास्वपामा आवद्ध छन् । उनले पार्टीको सक्रिय राजनीति गर्न आयोगबाट बिदा लिएका हुन् । आयोगबाट राजीनामा दिएको ६ महिनापछि मात्र पार्टीको सदस्यता पाउने रास्वपाको विधानमा उल्लेख छ ।

अधिवक्ता न्यौपानेले आफू सकृय राजनीतिमा आउन लागेको बताए । ‘रास्वपा कतै कानुनी रुपमा चुकेको हो कि भन्ने भान भयो । राजनीतिक नेतृत्व गर्ने भनेकै कानुनका ज्ञाताहरुले हो । म सकृय राजनीतिमा आउन अनुशासन आयोगबाट राजीनामा दिएको हुँ । यसको अर्थ मैले रास्वपा छोडेको होईन । हामी महामन्त्री, सहमहामन्त्री हुन नहुने हो र ?’ रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।

अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा न्यौपानेले कार्यवाहक प्रमुख भएर काम गरेका थिए । 

तपाईको प्रतिक्रिया