बिहीबार १ कार्तिक २०८१
समाज

राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको दर्शन

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर-९ मा पर्ने बडिमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् ।

प्रसिद्ध धार्मिकस्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन् ।

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उदघाटन गर्ने कार्यक्रम छ । 

तपाईको प्रतिक्रिया