शनिबार १२ श्रावण २०८१
जीवनशैली

राष्ट्रपति र उपराष्ट्रपतिले दिए सोनाम ल्होसारको शुभकामना

शनिबार माघ २७, २०८०/ Saturday 02-10-24

काठमाडौं । तामाङ समुदायका सोनाम ल्होसार पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना दिएका छन् ।

राष्ट्रपतिको सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताउनुभएको छ । उनले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया