शनिबार १२ श्रावण २०८१
खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको भिसा रद्दबारे अमेरिकी दुतावासको भनाइ

बुधबार जेठ ९, २०८१/ Wednesday 05-22-24

काठमाडौं। संयुक्त राज्य अमेरिकामा आयोजना हुने टि-ट्वेन्टि विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज, को सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए ।

आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई हाम्रो शुभकामना छ ।
उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेका छन् । 

अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ ।

तपाईको प्रतिक्रिया